गणपति लघुवित्तको नाफा ७० लाख रुपैयाँमा सीमित, अन्य अधिकांश सूचकमा गिरावट

१८ श्रावण २०८०, बिहीबार ०९:५५

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिसम्म वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा ६७.८४ प्रतिशतले घटेर ७० लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा संस्थाले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १४.७१ प्रतिशतले घटेर ११ करोड ५१ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १३ करोड ४९ लाख रुपैयाँ थियो ।

असार मसान्तसम्ममा संस्थाको सञ्चालन मुनाफा ५६.८३ प्रतिशतले घटेर ९८ लाख ८८ हजार रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा २ करोड २९ लाख रुपैयाँ रहेको थियो ।

चुक्तापुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको संस्थाले चौथो त्रैमाससम्म १ अर्ब ६२ करोड रुपैयाँ सापटी लिई २ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको यही अवधिमा संस्थाले १ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई २ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ६.१८ रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ईपीएस १४.४२ रुपैयाँ कायम भएको थियो। पीई रेसियो १३१.१३ गुणा रहेको रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२९.२४ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*