सपोर्ट लघुवित्तको नाफामा १३२.२३ प्रतिशतले बृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा संस्थाको खुद नाफा १३२.२३ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ११.२४ प्रतिशत घटेर ७ करोड २ लाख रुपैयाँमा सीमित भएको छ भने अन्य सञ्चालन आम्दानी ५५.१६ प्रतिशत बढेर १ करोड ८३ रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ८ करोड ९० लाख रुपैयाँमा झरेको छ भने सञ्चालन मुनाफा ४२.०१ प्रतिशत बढेर १ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ ।
लघुवित्तको जगेडा कोषमा ५ करोड २० लाख रुपैयाँ सञ्चित रहेको छ । लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ७३.७७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तले ३० करोड ३३ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ६ करोड १९ लाख रुपैयाँ सापटीबाट १ अर्ब ४६ करोड १६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।











