एनएमबि बैंकको अधिकांश सूचकमा सुधार, वितरणयोग्य मुनाफा डेढ अर्बमाथि

२१ श्रावण २०८०, आईतवार ०८:००

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अधिकांश वित्तीय सूचकमा सुधार देखिएको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३.६३ प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी ८ अर्ब ३४ करोड रुपैयाँ पुुगेको छ । यसका साथै, बैंकको खुद फि तथा कमिशन आम्दानी ५.०४ प्रतिशतले बढेर १ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ प्रतिशतले बढेर १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

त्यसैगरी, असार मसान्तसम्ममा बैंकले कुल सञ्चालन आम्दानी २१.०१ प्रतिशतले बढेर १० अर्ब ३३ करोड रुपैयाँ रहेको छ । सञ्चालन मुनाफा ६.११ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब १६ करोड ६१ लाख रुपैयाँ रहेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ६५ पैसा बढेर १८ रुपैयाँ ५७ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.१७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ७९ पैसा रहेको छ । बैंकको हाल १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको जगेडा कोषमा १० अर्ब २४ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*