नेष्डो समृद्ध लघुवित्तले १५% नगद लाभांश मात्र बाँड्ने
२१ श्रावण २०८०, आईतवार १०:४५

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ ।
संस्थाको साउन २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आर्थिक वर्ष २०७८–७९को लागि अब चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित)मात्र वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी चौथो वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।
यसअघि गत वर्ष चैत १० गते संस्थाले बोनस सेयर, नगद तथा करसमेत गरी कुल ७३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । तर, राष्ट्र बैंकले गत वैशाख ४ गते नेष्डो समृद्ध लघुवित्तको प्रस्तावित लाभांश घटाएर १७.९३४२ प्रतिशतमात्रै लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको थियो ।












