नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब बढी रुपैयाँ कमाउदा अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।प्रकाशित वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकले ४ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.१४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ७९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १२ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको सो आम्दानी ५ अर्ब ८१ करोड ८९ लाख ९० हजार रुपैयाँ रहेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।
समिक्षा अवधिमा बैंकको संचालन नाफा १८.६३ प्रतिशतले बढेर ७ अर्ब ४६ करोड रुपैयाँ पुुगेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा २ अर्ब ६० करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा बैंकको चुक्तापूँजी २४ अर्ब १२ करोड रुपैयाँ, जगेडा कोष २३ अर्ब ८९ रुपैयाँ र खराब कर्जा ४.३५ प्रतिशत रहेको प्रकाशित विवरणले देखाएको छ ।
मर्जरका कारण निक्षेप, ऋण, ब्याज आम्दानी सबै लागभग दोब्बरले बढेको छ। साथै खराब ऋण त्योभन्दा बढीले वृद्धि भएको छ । खुद ब्याज आम्दानी १११ प्रतिशतले बढेर १२ अर्ब २७ करोड पुुगेको छ । ऋण लगानी ९३ प्रतिशतले बढेर ३ खर्ब पुुगेको छ । निक्षेप पनि ९२ प्रतिशतले बढेर साढे ३ खर्ब नाघेको छ ।
बैंकको प्रतिशेयर आम्दानी भने घटेर १६।०७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २०।७४ रुपैयाँ थियो। पीई रेसियो १०।८१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७०।४८ रुपैयाँ रहेको छ।











