नबिल बैंकको करिब ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

२३ श्रावण २०८०, मंगलवार १०:१२

काठमाडौं । नबिल बैंक लिमिटेडले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा रहेको हो ।

उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी बैंकले दिएको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मिति (साउन २३) ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर परिणाम समेत खुलाई बैंकको शेयर रजिष्ट्रारको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, नक्साल, काठमाडौंमा खरिद आवेदन दिन सकिने बैंकले जनाएको छ ।

साथै, शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने र म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिरको ब्यक्तिमा बिक्री प्रकिया अघि बढाइने समेत सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*