स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२३ श्रावण २०८०, मंगलवार १५:०७

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २८.४० अंकले घटेर २०१९ विन्दुमा कायम भएको छ ।
शेयर बजार उच्च अंकले घटेपनि नेपाल रिपब्लिक मिडियाको शेयरमूल्यमा आजपनि सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज स्वरोजगार लघुवित्तको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।
यसका साथै, आज पिपल्स पावर, एनआईबिएल प्रगति फण्ड, सपोर्ट माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।













