मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
२३ श्रावण २०८०, मंगलवार १५:१५

काठमाडौं । साता कारोबारको तेस्रो दिन शेयर बजार उच्च अंकले घटेको छ । आज शेयर बजार २८.४० अंकले घटेर २०१९ विन्दुमा कायम भएको छ ।
शेयर बजार उच्च अंकले घटेसँगै अधिकांश कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । मंगलबार ग्लोबल आईएमई बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, गुर्खाज फाइनान्स, विजय लघुवित्त, सबैको लघुवित्त, एनआईबिएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ













