किसान लघुवित्तको मुनाफामा उछाल, कस्ता छन् अन्य सूचक ?

२५ श्रावण २०८०, बिहीबार ०९:४७

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । संस्थाले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

समिक्षा अवधिमा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड २५ लाख रुपैयाँ बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ११ लाख २६ हजार रुपैयाँ थियो ।

असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २९.०३ प्रतिशत घटेर २५ करोड ७० हजार रुपैयाँ रहेको छ । अन्य सञ्चालन आम्दानी १ करोड ४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी २०.९७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १४२ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ४.८८ प्रतिशतबाट बढेर ५.९५ प्रतिशत पुगेको छ । यद्यपि, लघुवित्तको इम्पेरमेन्ट चार्ज भने १२ करोड २० लाखबाट घटेर २ करोड ४७ लाख रुपैयाँमा झरेको छ। जसका कारण खुद नाफा बढ्न पुगेको हो ।

असार मसान्तमा लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४६ पैसा बढेर २ रुपैयाँ ७० पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २६२.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ४२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*