एभरेस्ट बैंकद्वारा पाँच वर्ष पुरानो भुक्तानी लिन बाँकी लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह

२५ श्रावण २०८०, बिहीबार १०:००

काठमाडौं । एभरेस्ट बैंकले भुक्तानी लिन बाँकी ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०५५–५६ देखि २०७४–७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन शेयरधनीहरुलाई आग्रह गरेको छ ।

बैंकले साधारण शेयरतर्फ यो अवधिको कुल ३ करोड २ लाख १५ हजार ६१८.२९ रुपैयाँ र अग्राधिकार सेयरतर्फ १ लाख ८६ हजार ३५०.७३ रुपैयाँ नगद लाभांश सेयरधनीहरुले भुक्तान लिन बाँकी छ ।

बैंकले आफ्नो शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, शेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको सेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन सकिने जनाएको छ । भुक्तानी हुन बाँकी नगद लाभांशको विवरण बैंकको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*