फरवार्ड माइक्रोफाइनान्सको स्वतन्त्र संचालकमा महतो नियुक्त
२५ श्रावण २०८०, बिहीबार १२:०९

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा डा. श्याम किशोर महतो नियुक्त भएका छन् ।
उक्त कम्पनीको साउन २४ गते बसको सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा जनकपुर निवासी महतोलाई एक कार्यकालका लागि नियुक्त गरेको हो ।












