तीन कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, आईतबार कारोबारमा आउने, कस्को ओपनिङ रेन्ज कति ?

२५ श्रावण २०८०, बिहीबार १३:३०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । आज घोराही सिमेन्ट इन्डस्ट्री, थ्रीस्टार हाइड्रोपावर र अपर साङ्गे हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको हो । आज सूचीकृत भएका कम्पनीहरुको शेयर आईतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

घोराही सिमेन्ट
नेप्सेमा घोराही सिमेन्टको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले घोराही सिमेन्टलाई ‘जीसीआईएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा २२६।६१ रुपैयाँदेखि अधिकतममा ६७९।८३ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ।

थ्रीस्टार हाइड्रोपावर
थ्रीस्टार हाइड्रोपावरको कुल ३९ लाख २५ हजार कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेले थ्रीस्टारलाई ‘टीएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा ८५।६५ रुपैयाँदेखि अधिकतममा २५६।९५ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ।

अप्पर साङ्गे हाइड्रोपावर
अप्पर साङ्गे हाइड्रोपावरको कुल २२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। नेप्सेले अप्पर साङ्गेलाई ‘यूएसएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतममा ८४।५४ रुपैयाँदेखि अधिकतममा २५३।६२ रुपैयाँसम्म ओपनिङ रेन्ज पाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*