पुरानो लाभांश रकम लिन महालक्ष्मी विकास बैंकको आग्रह

२५ श्रावण २०८०, बिहीबार १३:४६

काठमाडौं । महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई पुरानो लाभांश रकम बुझिलिन आग्रह गरेको छ ।

साविक मालिका विकास बैंक, महालक्ष्मी फाईनान्स लिमिटेड, यती फाइनान्स लिमिटेड, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्स लिमिटेड समेतका विभिन्न साधारण सभाबाट पारित भएको लाभांशहरु तथा महालक्ष्मी विकास बंैकबाट आ.व २०७३।७४ मा वितरित लाभांश रकम लिन बाँकी शेयरधनीलाई समयमै लाभांश रकम बुझिलिन बैंकले आग्रह गरेको हो ।

लाभांश रकम बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा सम्पर्क राखि लिन सकिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*