स्वाभिमान लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
२६ श्रावण २०८०, शुक्रबार १०:५५

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ ।
संस्थाले एक सूचना प्रकाशित गरी अधिकृत, वरिष्ठ सहायक, कनिष्ठ सहायक र सहयोगी लगायतका पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिन आठ कक्षा देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
उक्त पदहरुमा आवेदन दिन इच्छुक उम्मेदबारहरुले संस्थाको आधिकारिक इमेल मार्फपत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।












