२ सय रुपैयाँ मुनि नै किन्न पाइन्छ ६ वाणिज्य बैंकको शेयर, सर्वाधिक मूल्य साढे ७ सय रुपैयाँमाथि, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिनमा शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ को विन्दुमा कायम भएको छ ।
शेयर बजार सामान्य अंंकले बढेतापनि नेप्सेमा बैंकिङ्ग उपसूचकमा भने सामान्य गिरावट आएको छ । बैंकिङ्ग उपसूचक घटेतापनि नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये नौ बैंकको शेयरमूल्य बढेको र नौ बैंकको घटेको छ ।
शेयरमूल्यका आधारमा
यो साता शेयर बजारमा कारोबार भएका वाणिज्य बैंकहरुमध्ये सर्वाधिक प्रतिशेयर आम्दानी रहेको एनआईसी एशिया बैंक शेयरमूल्य सबैभन्दा बढी रहेको छ । यो साता अन्तिम कारोबारमा बैंकको शेयर प्रतिकित्ता ७८७ रुपैयाँमा कारोबार भएको छ
दोस्रो नम्बरमा सर्वाधिक बढी लाभांश दिन सक्ने क्षमता भएको एभरेष्ट बैंकको शेयरमूल्य रहेको छ । यो साताको अन्तिम कारोबारमा बैंकको शेयर प्रतिकित्ता ८२५ रुपैयाँमा किनबेच भएको छ ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको नबिल बैंकले तेस्रो स्थान हासील गरेको छ । बैंकको शेयर प्रतिकित्ता ६०६ रुपैयाँमा यो साता शेयर बजारमा किनबेच भएको छ ।
त्यस्तै, यो साता कारोबारको अन्तिम दिन स्टाण्डर्ड चार्टड बैंकको ५६० रुपैयाँ, नेपाल एसबिआई बैंकको ३२८ रुपैयाँ, सानिमा बैंकको २९६ रुपैयाँ, माछापुच्छे बैंकको २६७ रुपैयाँ, कृषि विकास बैंकको २६० रुपैयाँ, नेपाल बैंकको २५४ रुपैयाँमा शेयर कारोबार भएको छ ।
यसका साथै, वाणिज्य बैंकहरुमध्ये कुमारी, प्रभु र प्राइम कमर्सियल बैंकको शेयरमूल्य सर्वाधिक कम रहेको छ । यस साताको अन्तिम कारोबारमा कुमारी बैंकको शेयरमूल्य १६१ रुपैयाँ, प्रभु बैंकको १६६ रुपैयाँ र प्राइम कमर्सियल बैंकको १८३ रुपैयाँमा खरिद–बिक्री भएको तथ्यांकले देखाएको छ ।

बृद्धिदरको आधारमा
यो साता कारोबार भएका बैंकहरुमध्ये बृद्धिदरका आधारमा माछापुच्छे बैंकको शेयरमूल्य २.६५ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । त्यस्तै सिटिजन्स बैंकको १.६४ प्रतिशत र हिमालयन बैंकको १.२२ प्रतिशतले शेयरमूल्य बढेको छ ।
कुमारी बैंक, ग्लोबल आइएमई बैंक तथा सानिमा बैंकको शेयरमूल्य सर्वाधिक बढी प्रतिशतले घटेको छ ।











