कर्पोरेट डेभलपमेन्ट बैंकको सिईओ जोशीको राजीनामा स्वीकृत

२८ श्रावण २०८०, आईतवार १४:०९

काठमाडौं ।  कर्पोरेट डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) त्रिलोक ध्वज जोशीको राजीनामा स्वीकृत भएको छ ।

बैंकको सञ्चालक समितिको साउन २५ गते सम्पन्न बैठकले सीईओ जोशीले दिएको राजीनामा स्वीकृत गरेको हो । साथै सोही बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विपिन राज पोखरेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय समेत दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*