ब्याजदरबारे छलफल गर्न अर्थमन्त्री र बैंकर्स संघको मिटिङ आज बस्दै

२८ श्रावण २०८०, आईतवार १५:१७

काठमाडौं । आगामी महिना ब्याजदर कुन तहमा लैजाने भन्नेबारे छलफल गर्न आज नेपाली बैंकका सिईओ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल हुँदैछ ।आइतबार साझ ५ बजे अर्थमन्त्रालयमा नै बैंकर्सलाई छलफलका लागि बोलाइएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

बैंकहरुले ब्याजदर बढाउने पक्षमा छन् भने सरकारले ब्याजदर घटाउने पक्षमा छ । यसअघि मुद्दति निक्षेपमा महंगो ब्याजदरमा निक्षेप जम्मा गरेका बैंकहरुले ब्याजदुर स्थीर राख्न चाहेका छन् । तर, सरकारले भने ब्याजदर कुनै पनि हालतमा घटाएर ऋणीलाई राहत दिनुपर्ने अडान राख्दै आएको छ ।

यही परिस्थितिका बीचमा सरकार र बैंकर्सबीच छलफल हुन लागेको हो । बैंकर्स संघले सिण्डिकेट लागू गर्दै ब्याजदुर स्थीर राख्नुपर्ने पक्षमा छलफल चलाएका छन् । ब्याजदर स्थीर राख्न बैंकर्स संघको सिण्डिेकट पुनः ब्यूताउँने तयारीबारे सूचना पाएपछि अर्थमन्त्रीले बैंकर्सहरुसँग छलफल गर्न लागेका हुन् ।

त्यस्तै, अर्थमन्त्रालयले चालु पुँजि कर्जाको विषयमा पनि छलफल गर्न लागेको छ । उक्त विषयमा केन्द्रीय बैंकले बैंकहरुबाट तथ्याङ्क समेत संकलन गरेर अर्थमन्त्रालयमा बुझाइसकेको छ ।

खासगरी बैंकको ब्याजदर कसरी घटाउन सकिन्छ रु सो विषयमा गभर्नरसहित बैंकका सीईओहरुसँग आन्तरिक छलफलका लागि बैठक डाकिएको स्रोतको भनाइ छ ।हाल बैंकमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुँदा पनि बैंकहरुको चर्को ब्याजका कारण लगानीको वातावरण बन्न नसकेपछि सरकार सहजिकरण गर्न लागि परेको हो ।

साउन महिनाका लागि बैंकहरुले आपसी प्रतिस्पर्धामा निक्षेपको ब्याजदर तोकेपनि आशातित रुपमा ब्याजदर घट्न नसकेको र अन्ततः यसले कर्जाको ब्याजसमेत नघटेपछि अर्थमन्त्री बैंकर्ससँग छलफलमा जुटेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*