अर्थमन्त्रीले राष्ट्र बैंक गर्भनर र बैंकका सिईओहरुलाई बोलाएर के भने ?

२८ श्रावण २०८०, आईतवार २१:२०

काठमाडौं । अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्री डा. प्रकाशशरण, नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकरहरुबीच छलफल भएको छ । छलफलमा मन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन सबैको साथ र सहयोगको अपेक्षा समेत रहेको छन् ।

उनले छलफलमा कर्जा प्रवाहको बिषयमा पनि बैंकरहरुलाई प्रश्न उठाएको थियो , ‘हिजो कर्जा प्रवाह गर्दा तपाईंहरुले पनि ध्यान नपु¥याएकै हो,’ अर्थमन्त्रीले भने, ‘त्यसलाई पनि ख्याल गरेर निर्णय लिनुभए उपयुक्त हुन्छ ।’

अर्थतन्त्र राम्रो भयो भने बैंक फाइदामा जान्छ, लगानीको वातावरण राम्रो हुन्छ । अर्थतन्त्र वृद्धि हुन्छ,’ उनले भने, ‘यसले सरकारलाई पनि राम्रो गर्छ, राजस्व बढ्छ ।’सरकार, निजी क्षेत्र र बैंक मिलेरै यस्तो वातावरण बनाउन सकिने उनको भनाइ छ । ‘सबै मिलेर काम गरौं, हामी पनि एक अर्कालाई सघाउने हो,’ उनले भने ।
बैंकरले टास्क फोर्सको माग गरेको सन्दर्भमा उनले सरकारले त्यसलाई मध्यनजर गर्ने बताए । निजी क्षेत्रको गुनासोबारे बोल्दै उनले भने, ‘तरलता छ, पैसा, रेमिट्यान्स बढेको छ, पर्यटक बढेको छ, तर, आर्थिक गतिविधि बढेन, लगानी बढेन ।’

रियल इस्टेटमा गएको लगानी समस्यामा परेको सन्दर्भ निकाल्दै उनले स–साना प्लटिङ धेरैमा लगानी जाँदा समस्या आएको बताए । आफ्नो लागि मात्र जग्गा किन्न नभई डेढ गुणा बढ्छ, दुई गुणा बढ्छ भन्ने लोभमा गरिएका स–साना लगानीले बढी समस्या निम्तिएको उनको भनाइ छ । यसलाई सल्टाउन कित्ताकाट खुला गरिएको उनले बताए ।

निर्माण क्षेत्रको आन्दोलनबारे बोल्दै उनले यसमा भने धेरै समस्या नरहेको बताए । जेठ र असारमा मात्र झण्डै ७० अर्ब भुक्तानी गरिएको र अब ७÷८ अर्ब बाँकी रहेको भन्दै उनले यो रकम समेत प्रक्रिया मिलाएर भुक्तानी गरिने उनको भनाइ छ ।

अर्थमन्त्री डा. महतले बैंकिङ क्षेत्रबाट अब ‘डिमान्ड इन्करेज’ गर्नु पर्ने अपेक्षा गरे । ‘तपाईंहरुको प्रतिस्पर्धात्मक स्पिड मेन्टेन गरेर, लगानीकर्ताका कन्सर्न सम्बोधन गर्दै अगाडि बढ्नुहोस,’ उनले भने ।

ऋण नतिरौं भन्ने सामाजिक सञ्जालमा उठ्ने अभियानलाई बढावा दिने पक्षमा भने सरकार नरहेको उनको भनाइ छ । राष्ट्र बैंकबाट दिने सुविधामा काम भइरहेको भन्दै उनले पोलिसी रेट घटेको र रियल इस्टेटको डिमाण्डलाई लयमा फर्काउन प्रयास गरिएको बताए । उत्पादनशील क्षेत्रमा लगानी बढाउने, आन्तरिक लगानीमा करको दर ¥यासनलाइज गरिएको समेत उनले बताए ।

लगानीकर्तामा खर्च गर्ने आत्मविश्वास बढाउन नसकिएको भन्दै उनले वास्तवमै समस्यामा रहेका लगानीकर्तालाई केही सहज अवस्था बनाइदिन उनले बैंकर्ससँग आग्रह गरे । ‘यही मौकामा धितो सकारिहालौं भन्ने नगरौं, सम्पत्ति भएर पनि क्यासमा परिणत गर्न नसकेको गुनासो छ, उनले भने, ‘धेरै एग्रिसिभ नहुनुहोस् ।’

छलफलमा निजी क्षेत्रले उद्योगमा जग्गाको हदबन्दी तथा निजी क्षेत्रले उत्पादन गरेको विद्युत खरिद गरिदिनुपर्ने माग गरेका थिए । साथै कर्जाको ब्याजदर घटाउनुपर्ने, सेयर कर्जा सजिलो बनाउनुपर्ने, कर्जामा आधार दरमा थप गर्ने अधिकतम प्रिमियम तोक्नुपर्ने माग निजी क्षेत्रले राखेका हुन् । पछिल्लो समय बैंकहरुले कर्जा असुलीका लागि आक्रामक रुपमा धितो लिलाम गरेको भन्दै निजी क्षेत्रले त्यसलाई केही समय रोकिदिन माग गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*