मर्जरपश्चात धौलागिरी र नेशनल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?
३० श्रावण २०८०, मंगलवार १५:३२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्त कम्पनीको शेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सूचीकृत भएको हो । आज शेयर सूचीकृत गरेका कम्पनीहरुको शेयर भोलि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेमा नेशनल लघुवित्तको एक करोड ८ लाख ४२ हजार ६३ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि १ हजार २१५ रुपैयाँ ओपनिङ रेन्ज दिएको छ ।
त्यस्तै धौलागिरी लघुवित्तको तीन लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले सो कम्पनीको शेयरलाई दोस्रो बजारमा पहिलो कारोबारको लागि प्रतिकित्ता ७६८.६१ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको छ ।












