प्रभु बैंकद्धारा शेयरधनीलाई जरुरी सूचना

३१ श्रावण २०८०, बुधबार ०९:३५

प्रभु बैंक लिमिटेडले नगद लाभांश भुक्तानी लिन बाँकी रहेका शेयरधनीलाई नगद लाभांश लिन आग्रह गरेको छ ।

बैंकले साविक सेञ्चरी कमर्सियल बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स लिमिटेड लगायतका कम्पनीहरुले विभिन्न साधारण सभाबाट पारित गरेको नगद लाभांश लिन छुट भएका शेयरधनीहरुलाई आवश्यक कागजात सहित बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटलमा सम्पर्क गरी लाभांश लिन आग्रह गरेको छ ।

साथै नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुको नाम, नामेसी सहितको विस्तृत विवरण बैंकको वेवसाइटमा हेर्न सकिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*