ब्याजदरको सिण्डिकेट तोडेको बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धाः १२ को बढ्यो, चारको घट्यो, बाँकिको स्थीर

३२ श्रावण २०८०, बिहीबार १२:३३

काठमाडौं । भदौं महिनामा अधिकांश बैंकले ब्याजदर बढाएका छन् । ब्याजदरमा खुल्ला नीति लागू भएसँगै वाणिज्य बैंकहरुबीच निक्षेप खोसाखोसको अवस्था देखिएको छ ।आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना खुल्ला रुपमा ब्याजदर तोकेका बैंकहरु दोस्रो महिना नै ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् ।

भदौ महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौ महिनाका लागि बैंकहरुले १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर पुर्याएका छन् ।

१३ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेप र संस्थागत मुद्दती निक्षेपमा ब्याजदर बढाएका छन् । बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिक्तम ब्याजदर १०.८९६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको अधिक्तम ब्याजदर ८.८९६ प्रतिशत पुर्याएका छन् ।कुमारी बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, सीटीजन इन्टरनेसनल बैंक, सानीमा बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रीय बाणिज्य बैंक, नेपाल बैंक, ब्याजदर बढाएका छन् ।

अधिकांस बैंकले भदौंमा ब्याजदर बढाउँदा ४ वटा बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा एनएमबी बैंक, प्राइम बैंक, स्टाण्डर्ड चार्टड बैंक एनआइसी एसीया बैंक छन् ।भदौंमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, एसबीआइ बैंक, हिमालयन बैंकले ब्याजदर स्थीर राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*