भदौ महिनाको नयाँ ब्याजदर: कुन बैंकमा पैसा राख्दा पाइन्छ बढी ब्याज ?

काठमाडौं । भदौ महिनाका लागि अधिकांश बैंकहरुले ब्याजदर वृद्धि गरेका छन् । साउन महिनाका लागि निक्षेपमा न्यूनतम ७ प्रतिशतदेखि ९.९८ प्रतिशतसम्म ब्याजदर तोकिएकोमा भदौ महिनाका लागि बैंकहरुले १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेका छन् ।
अधिकांश बैंकहरुले १० प्रतिशतमाथि ब्याजदर पुर्याएका छन् ।केही बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने स्थिर र घटाउने पनि रहेका छन् ।बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ ।
सोहीअनुसार वाणिज्य बैंकहरुले भदौका लागी नयाँ ब्याजदर निर्धारण गरेको छन् । कुन बैंकको ब्याजदर कति रुभदौका लागि ७ वाणिज्य बैंकले मुद्दति निक्षेपमा १०।८९६ प्रतिशत ब्याजदर दिने जनाएका छन् ।
उक्त ब्याजदर दिनेमा ग्लोबल आइएमई, एनआइसी एसिया, नेपाल, कुमारी, सानिमा, सिटिजन र कृषि विकास बैंक रहेका छन् । त्यस्तै, प्राइम, नबिल, लक्ष्मी सनराइज, एभरेष्ट र प्रभु बैंकको ब्याजदर पनि १० प्रतिशत माथि छ । .
ब्याजदरलाई निरन्तरता दिएका छन् । १२ बैंकको ब्याजदर भने बढेको छ ।













