प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई टोटल फिजिकल फिटनेश सेन्टरमा बम्पर छूट

१ भाद्र २०८०, शुक्रबार १४:४३

काठमाडौं । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका हितग्राही ग्राहकहरुको शारिरिक व्यायमको लागि टोटल फिजिकल फिटनेश सेन्टरसँग बैंकले छूट सम्झौता गरेको हो ।

साउन ३१ गते गरिएको उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र टोटल फिजिकल फिटनेश सेन्टरको तर्फबाट प्रबन्ध निर्देशक सुमन पण्डितले हस्ताक्षर गरेका हुन । क्यापिटलका ग्राहकहरुले फिटनेश सेन्टरमा सेवा लिदाँ २८% सम्म छुट पाउनका साथै निशूल्क साउना कुपन पाउने भएका छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर फिटनेश सेन्टरलाई उपलब्ध गराउनु पर्नेछ यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट ५ वर्ष सम्म लिन सक्नेछन् ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा रहेको टोटल फिजिकल फिटनेश सेन्टरले अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ । यस फिटनेस सेन्टरमा फ्लेक्स र टोन, तौल घटाउने, को–एड बक्सिङ, बर्न्स र एब्स, स्पिनिङ, किक बक्सिङ, स्टेप एण्ड टोन, कार्डियो, जुम्बा, योग र जिम जस्ता विभिन्न उपकरणहरु रहेका छन् ।

उक्त फिटनेश सेन्टरमा भर्ना भएपश्चात शुरुमा सात दिनको प्रशिक्षण कार्यक्रम संचालन हुने र अन्य दिनमा समेत प्रशिक्षकको निगरानीमा सम्पूर्ण व्यायमहरु गर्न पाईनेछ । खानपानमा समेत ध्यान दिदैं फिटनेश सेन्टरमा डाइजेशनको पनि व्यवस्था रहेको क्यापिटलले जनाएको छ ।

प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सहज तरिकाले सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख ३० हजार माथि हितग्राही ग्राहकलाई डीपी सेवा प्रदान गरिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*