एनआईसी एशिया, एभरेष्ट र नबिल बैंकको शेयर मूल्य ५ सयमाथि, बाँकीको २ सय रुपैयाँ मुनि नै शेयर किन्न पाईने

१ भाद्र २०८०, शुक्रबार १८:२२

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा झिनोे अंकको सुधार आएर बन्द भएको छ । नेप्सेमा सुधार आएसँगै बैंकिङ परिसूचक ०.२५ प्रतिशतले बढेको छ ।

बिहीबार कुल १८ बैंकहरु कारोबारमा आएका थिए । जसमध्ये १३ बैंकको शेयरमूल्य बढेको छ भने पाँच वटा बैंकको शेयरमूल्य घटेको छ । बिहीबार माच्छापुच्छ«े बैंकको शेयरमुल्य सर्वाधिक १.४७ प्रतिशतले बढेको थियो भने एनएमबी बैंकको शेयरमुल्य सर्वाधिक ०.४४ प्रतिशतले घटेको थियो ।

त्यस्तै, सोही दिन एनआईसी एशिया बैंकको शेयर कारोबार सर्वाधिक ७८१.९० रुपैयाँमा भएको थियो भने सर्वाधिक कम १६१ रुपैयाँमा कुमारी बैंकको शेयर कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*