अभियान लघुवित्तको मुनाफामा उच्च गिरावट

काठमाडौं। । अभियान लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
लघुविक्ते यस त्रैमाससम्ममा ३ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८७ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीको मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ९३ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिसमम संस्थाको सञ्चालन मुनाफा पनि ९८।०४ प्रतिशतले घटेर ३ लाख २८ हजार रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ करोड ६७ लाख रुपैयाँ थियो।
चौथो त्रैमाससम्म संस्थाले ९ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ७।६० प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी १० करोड ३१ लाख रुपैयाँ थियो।
संस्थाको खराब कर्जा अनुपात ९एनपीएल० बढेर ४।८९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २।६० प्रतिशतले थियो। एनपीएल बढ्दा इम्पेयरमेन्ट चार्जका रुपमा संस्थाले १२ लाख ७६ हजार रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ४० लाख ११ हजार रुपैयाँ थियो।
ब्याज आम्दानी र सञ्चालन मुनाफा घट्नु र खराब कर्जा बढ्नुले अभियान लघुवित्तको नाफा प्रभावित भएको देखिन्छ।
समीक्षा अवधिसम्म संस्थाले २० करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष संस्थाले ३१ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। यसले यो संस्थाको व्यापार पनि सुस्त बनेको देखिन्छ।
चुक्तापुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले रिजर्भको आकार भने ५०।०७ प्रतिशतले बढाएर ३ करोड ३७ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। अघिल्लो वर्ष यही अवधिसम्म रिजर्भमा २ करोड २४ लाख रुपैयाँ थियो।
संस्थाको प्रतिसेयर आम्दानी १३ पैसा रहेको छ ।












