हिमालयन ८०–२० को इकाईमा २८ हजारको आवेदन
४ भाद्र २०८०, सोमबार २०:२४

काठमाडौं । हिमालयन ८०–२० को इकाईमा २८ हजार २२४ जनाले आवेदन परेको छ ।
कम्पनीको आइपीओमा आजसम्म ३ करोड २० लाख ८७ हजार ६८० कित्ताका लागि आवेदन परेको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रबर्द्क हिमालयन बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।











