ग्रामीण विकास लघुवित्तको लेखापरीक्षकमा एनबिएसएम एण्ड एसोसिएट्स नियुक्त

६ भाद्र २०८०, बुधबार १४:२७

काठमाडौं । ग्रामीण विकास लघुवित्तको लेखापरीक्षकमा एनबिएसएम एण्ड एसोसिएट्स, नारायणचौर नक्साल, काठमाडौं नियुक्त भएको छ ।

कम्पनीले सञ्चालक समितिको सिफारिसमा कम्पनी रजिष्ट्रारको कार्यालयले लेखापरीक्षक नियुक्त गर्ने व्यवस्था बमोजिम तीन लेखापरीक्षक फर्महरुमध्ये कुनै एक फर्मलाई लेखापरीक्षक नियुक्त गर्नका लागि असार २९ गते बसेको सञ्चालक समितिको बैठकबाट सिफारिस गरि पठाएको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयले साउन २८ गते संस्थाको आव २०७९।८० को लेखापरीक्षण सम्बन्धि कार्य गर्नका लागि एनबिएसएम एण्ड एसोसिएट्सलाई नियुक्त गर्न स्वीकृत गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*