मनकामना स्मार्ट लघुवित्तलाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने, समझदारीपत्रमा हस्ताक्षर
७ भाद्र २०८०, बिहीबार ११:३१

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तलाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ ।
काभ्रेपलाञ्चोकको बनेपामा रजिष्टड कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देहीको सिद्धार्थनगरमा रजिष्टर्ड कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई प्राप्त गर्ने गरी प्रारम्भिक समझदारीपत्रमा भदौ ७ गते हस्ताक्षर सम्पन्न भएको छ हो ।











