१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
८ भाद्र २०८०, शुक्रबार १३:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँको ६ वर्ष अवधि भएको विकास ऋणपत्र २०६८ ‘ज’ जारी गर्ने भएको छ ।
यस ऋणपत्रका लागि आइतबार भदौ १० गते दिउँसो ३ बजे बोलकबोल हुने भएको छ । यसको निष्काशन भदौ ११ गते हुने भएको छ ।
ऋणपत्रको भुक्तानी अर्धवार्षिक रुपमा हुने र ब्याजमा कर पनि लाग्ने छ । इच्छुक जो–कोहीले प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सकिने बैंकले जनाएको छ ।
प्रतिस्पर्धीलाई ८५ प्रतिशत र अप्रतिस्पर्धीलाई १५ प्रतिशत छुट्याइएको छ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।












