प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जीव मानन्धर नियुक्त

८ भाद्र २०८०, शुक्रबार १५:३४

काठमाडौं । प्राइम कमर्सियल बैंंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सञ्जीव मानन्धरलाई नियुक्त गरेको छ ।

बैंके भदौ ८ गते अर्थात आज बसेको सञ्चालक समितिको निर्णयले मानन्धरलाई सीईओमा नियुक्त गरेको हो ।

बैंकमा स्थापनाकालदेखि नै महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि बैंकको कायममुकायम सीईओका रुपमा कार्यरत थिए । मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*