लाभांश खाने बेलामा सस्तिदै लघुवित्तका शेयर मूल्य, ४२ लघुवित्तको शेयर मूल्य १ हजारभन्दा मुनि (एलटीपीसहित)

८ भाद्र २०८०, शुक्रबार १७:१७

काठमाडौं । आर्थिक संकट, लघुवित्त सम्बन्धी नकारात्मक समाचार, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपको असर अधिकांश लघुवित्त कम्पनीको शेयर १ हजार भन्दा तल झरेको छ ।

बिहीबारको अन्तिम मूल्यको आधारमा नेप्सेमा हाल कारोबार भइरहेका लघुवित्तमध्ये अधिकांस लघुवित्तको शेयरमूल्य घटेको छ । यो साता कारोबार भएका लघुवित्त कम्पनीहरुमध्ये ९ वटाको शेयरमूल्य बढेको र बाँकी ४४ वटा लघुवित्त कम्पनीहरुको शेयरमूल्य घटेको छ ।
यो साता शेयर कारोबारको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घटेसँगै माइक्रोफाइनान्स उपसूचक १.५० प्रतिशत अर्थात ५६ रुपैययाँले घटेर तीन हजार ६७६ रुपैयाँको विन्दुमा कायम भएको छ ।

धितोपत्र दोस्रो बजारमा लघुवित्त वित्तीय संस्थाहरुको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो देखिन्छ । प्रायजसो लघुवित्तको शेयर लगानीकर्ताहरुको रोजाइमा पर्ने गर्दछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये लुघवित्त संस्थाहरुको शेयरमूल्य बढी हुने गर्दछ । नेप्सेमा यस्ता संस्थाहरुको धितोपत्र अन्य कम्पनीको तुलनामा कम सूचीकृत हुने भएका कारण पनि शेयर अभावमा लगानीकर्ताहरुले खरिद माग गर्दा लघुवित्तहरुको शेयरमूल्य स्वतः बढ्न पुगेको हो । शेयर विज्ञहरुका अनुसार जहा माग बढी हुन्छ त्यहाँ मूल्य बढ्न जान्छ, भनेजस्तै लघुवित्तहरुको शेयर उच्च खरिद माग हुँदा मूल्य पनि सोहीअनुसार बढ्न पुगेको हो ।

लघुवित्तहरुको शेयर खरिद माग हुनुमा पनि धेरै कारणहरु हुन सक्छन् । कम्पनीको वित्तीय सूचक, कम्पनीहरुले दिदै आइरहेको लाभांश इतिहासका साथै धितोपत्र दोस्रो बजारमा लगानी गर्दा कतिको जोखिमयुक्त छ वा छैन त्यो सबै निक्र्याैल गरेर मात्रै लगानीकर्ताहरुले लगानी गर्नेछ गर्छन् । अन्य कम्पनीहरुको तुलनामा लघुवित्त संस्थाहरुले शेयरधनीहरुलाई उच्च लाभांश दिने गरेको छ । यसकारण पनि लगानीकर्ताहरुले लङ टर्म इन्भेष्टका लागि लघुवित्त संस्थाहरु रोज्ने गर्दछ ।

यस साता आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी रहेको छ । संस्थाको अन्तिम कारोबारमा शेयरमूल्य २०६५ रुपैयाँ रहेको थियो । त्यस्तै, समृद्ध लघुवित्तको अन्तिम कारोबार १८६० रुपैयाँ, महिला लघुवित्तको शेयर कारोबार १८३० रुपैयाँ, जीवन विकास लघुवित्तको १४३६ रुपैयाँ, उपकार लघुवित्तको १२९६ रुपैयाँ, जाल्पा लघुवित्तको १२९४ रुपैयाँमा कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*