नेपाल बैंकले ऋणीहरुका लागि जारी गर्यो दुई सूचना, यी सम्पत्ति लिलाम बिक्री गरिदै
१३ भाद्र २०८०, बुधबार १२:१३

काठमाडौं । नेपाल बैंक लिमिटेडले एकैपटक ऋण कर्जा चुक्ता गर्न ३५ दिने सूचना सहित धितोमा रहेको सुरक्षण गोप्य शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्न १५ दिने सूचना जारी गरेको छ ।
उल्लेखित ऋणीहरुलाई सूचना प्रकाशित मितिले ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ । समयावधिभित्र कर्जा चुक्ता नगरे धितो लिलाम गरी बिक्री प्रकिया थालिने बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले बारम्बार सूचना दिदासमेत कर्जा चुक्ता नगरेका तपशिलका ऋणीहरुको धितोमा रहेको सम्पत्ति जे–जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गर्न चाहने व्यक्ति तथा संस्थाका लागि १५ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गर्दै बैंकले सूचना प्रकाशित गरेको छ ।












