नेप्सेमा दुई विकास बैंकको ऋणपत्र सूचीकृत, कसको कति इकाइ ?

१३ भाद्र २०८०, बुधबार १३:१३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुईवटा विकास बैंकका ऋणपत्रहरु सूचीकृत भएका छन् । आज लुम्बिनीको विकास बैंकको ‘एलबीबीएल डिबेन्चर–२०८९’ र महालक्ष्मीको विकास बैंकको ‘महालक्ष्मी डिबेन्चर–२०८९’ रसूचीकृत भएका हुन् ।

लुम्बिनीको १ हजार अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन् । यसैगरी, महालक्ष्मीको १ हजार अंकित दरका कुल १० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । यो पनि १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ता वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*