आगामी आर्थिक बर्षको प्रथम त्रैमास देखि इसीएल अनुरुप कर्जा नोक्सानी व्यवस्था गर्न डेपुटी गर्भनरको सुझाव

१४ भाद्र २०८०, बिहीबार १८:३७

काठमाडौं । वित्तीय संस्था संघले गत साता आयोजना गरेको नेपाल वित्तीय प्रतिवेदन मान ९ सम्बन्धी दुई दिने तालिम हिजो सम्पन्न भएको छ । तालिममा विभिन्न वित्त कम्पनीमा कार्यतर ४५ जना भन्दा बढी विभागीय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशकहरु को सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै सह आयोजकका तर्फबाट सीए रमेश धितालले एफ आर एस ९ को गडनाका लागी बिगतका वर्षहरुका कर्जाका तथ्यांक एकरुपकताका साथ राख्नु पर्ने साथै कर्जा, जोखिम, आन्तरिक लेखापरीक्षण, सुचाना प्रबिधि बिभाग सम्मिलित समिती तत्काल गठन गरी बैंक तथा वित्तीय संस्थाले २ वर्ष नकुरी पूर्व तयारी मा रहनु पर्ने बताए ।

साथै प्रतिवेदन मान– ९ लागु गर्न आवश्यक पूर्वाधार विकासको लागि सहजीकरण गर्न तथा छिमेकी मुलुकमा गरिएका इ सी एल कार्यान्वयनका अभ्यास अध्ययन गरेर केन्द्रीय बैंकले मार्ग दर्शन प्रदान गर्न समेत अनुरोध गरे ।
कार्यक्रमको समापन सत्रमा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र, बैंक सुपरीवेक्ष विभाग प्रमुख देव कुमार ढकाल, नियमन विभाग प्रमुख डा. गुणाकर भट्ट, वित्तीय संस्था सुपरीवेक्षण विभाग प्रमुख विश्रुत थापा तथा वित्तीय संस्था सुपरीवेक्षण विभागका निर्देशन राजन विक्रम थापाको सहभागीता रहेको थियो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै डेपुटी गर्भनर मिश्रले वित्तीय प्रतिवेदन मान ९ सम्बन्धी तालिममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनु भयो । उक्त अवसरमा २०८०/८१ को प्रथम त्रैमासको प्रतिवेदन देखि नै वित्तीय प्रतिवेदनमान ( ९ अनुसारको कर्जा नोक्सानी व्यवस्था इ सी एल (Expected Credit Loss)  अनुरुप कायम गर्नु पर्ने भएकोले वित्तीय संस्था संघलाई आफ्ना कार्यरत कर्मचारीहरुलाई पोख्त बनाउन निर्देशन दिएका थिए ।

विभिन्न सफ्टवेयरमा ठुलो धन राशी खर्च गर्नुभन्दा एक्सेललाई नै पूर्ण रुपमा प्रयोग गरी कर्जा नोक्सानी व्यवस्था गणना गर्न सकिने भएकोले त्यस तर्फ लाग्न र सफ्टवेयर खरिद बापत हुने ठुलो विदेशी मुद्रा खर्च रोक्न सुझाव दिए । कार्यक्रमको समापन गर्दै वित्तीय संस्था संघका अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत  सरोज काजी तुलाधरले उपस्थिति सबैमा धन्यवाद ज्ञापन गरे ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*