ग्लोबल आइएमई बैंकको इन्टरनेट बैंकिङ्ग सेवा स्थानान्तरण

काठमाडौं । ग्लोबल आइएमई बैंकले इन्टरनेट बैंकिङ्ग (ग्लोबल अनलाइन) सेवा यही आउँदो भदौ ३१ गतेदेखि स्थानान्तरण गर्ने भएको छ ।
बैंकको इन्टरनेट बैंकिङ्ग (ग्लोबल अनलाइन) सेवा हाल प्रयोग गरिरहेका व्यक्तिगत ग्राहकहरुले अब ग्लोबल स्मार्ट प्लस मार्फत सेवा उपभोग गर्न सक्ने र यो सेवा प्रयोग गरिरहेका संस्थागत ग्राहकहरुले अब कर्पोरेट इन्टरनेट बैंकिङ्ग मार्फत सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार बैंकको इन्टरनेट बैंकिङ्ग (ग्लोबल अनलाइन) सेवाका सक्रिय उपभोक्ताहरुले ग्लोबल स्मार्ट प्लस अथवा कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा नलिइएको अवस्थामा व्यक्तिगत ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस र संस्थागत ग्राहकहरुलाई कर्पोरेट इन्टरनेट बैंकिङ्गमा स्थानान्तरण।माइग्रोसन गरिने भएको छ ।
स्थानान्तरण भएका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लस अथवा कर्पोरेट इन्टरनेट बैंकिङ्गमा आफ्नो पुरानै युजरनेम प्रयोग गरी सेवा सुचारु गर्नुपर्ने बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको छ ।











