गरिमा विकास बैंकले ल्यायो हरितालिका तीज विशेष गीत, टिकटिक बनाएर जित्नुस् पुरस्कार

२५ भाद्र २०८०, सोमबार १६:०३

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ । बैंकले करिब ३ मिनेट लामो उक्त गीतमा लोकगीत गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारिक युट्युब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिने बैंकले जनाएको छ ।

यसका साथै हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ। बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउनेमध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार तृतीयलाई रु १० हजार र बाँकी ७ वटा भिडियोलाई जनही रु ५ हजार सान्त्वना पुरस्कार राशि प्रदान गरिनेछ।

यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा गरिमा विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

हाल बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङ ९गरिमा डिजी बटुवा, डेबिटरक्रेडिट कार्ड, स्मार्ट क्यूआरलगायत० मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*