सानिमा बैंक र एनआईसी एशिया बैंकले आजै लाभांश घोषणा गर्न सक्ने, कुनले कति दिँदैछ ?

काठमाडौं । सानिमा बैंक र एनआईसी एशिया बैंकले आज वा भोलि लाभांश घोषणा गर्ने सक्नेछन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १७.७३ प्रतिशतसम्म लाभांश घोषणा गर्न लागेको छ भने एनआइसी एशिया बैंकसँग आफ्ना सेयरधनीलाई ३१ प्रतिशत हाराहारीमा लाभांश वितरण गर्नसक्ने क्षमता छ ।राष्ट्र बैंकबाट यी दुबै बैंकले लाभांश घोषणाको लागि स्वीकृती पाईसकेको छ । सो कारण यी दुई बैंक लाभांश घोषणा गर्ने अन्तिम तयारीमा पुगेको छ ।
यी दुबै बैंकले आज साँझसम्म बोर्डको बैठक बसेर टुंगो लगाउने भएको छ ।
घोषित लाभांशमा राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएर लगानीकर्तामा वितरण हुन्छ।
बिहीबारको सञ्चालक समिति बैठकमा लाभांश सम्बन्धी निर्णय हुनसक्ने देखिएको छ। आज सार्वजनिक बिदाको कारण भोलि नै हुने वा आज हुने भन्ने बिषयमा भने टुंगो भने लागिसकेको छैन ।
एनआईसी एशिया बैंक लिमिटेड
दुई बर्षदेखि लगानीकर्तालाई प्रतिफल दिन नसकेको एनआईसी एशिया बैंकले यस बर्ष लाभांश दिने तयारी गरेकोछ ।
चौथौ त्रैमासको वित्तिय विवरण अनुसार एनआईसी एशिया बैंकले ३१.९९ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रूपैयाँ रहेको छ ।
सानिमा बैंक लिमिटेड
सानिमा बैंक पनि यस बर्ष सर्वाधिक लाभांश बाँड्न सक्ने बैंक रहेको छ । सानिमा बैंकले १७.७३ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रूपैयाँ रहेको छ ।











