नेपाल एसबिआई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ब्याजदर ?
३१ भाद्र २०८०, आईतवार १२:३३

काठमाडौं । नेपाल एसबिआई बैंकले असोज महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको ब्याजदर बढेको देखिएको छ ।
बैंकले भदौ महिनाका लागि व्यक्तिगत तर्फ ९.९९ र सामूहिक तर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले असोज महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार ब्यक्तिगत तर्फ १० र सामूहिक तर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकको बेस रेट (साउन २०८०) १०.४४ प्रतिशत तथा इन्ट्रेस्ट स्प्रेड रेट (साउन २०८०) ३.९९ प्रतिशत रहेको छ ।












