प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
३१ भाद्र २०८०, आईतवार १५:५७

काठमाडौं । प्राइम कमर्सियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सार्वजनिक ब्याजदर अनुसार प्राइम कमर्सियल बैंक सर्वाधिक ब्याजदर कायम गर्ने बैंक रहेको छ ।
बैंकले भदौ महिनाका लागि ब्यक्तिगत तर्फ १०.५ र सामूहिक तर्फ ८.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकले असोज महिनाका लागि ब्याजदर बढाएर व्यक्तिगत तर्फ ११.३५८ र सामूहिक तर्फ ९.३५८ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकको बेस रेट (साउन २०८०) १०.६८ प्रतिशत रहेको छ ।












