नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या ११२ पुग्यो

३१ भाद्र २०८०, आईतवार १८:०५

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा ११२ वटा बैंक तथा वित्तीय संस्था रहेका छन् । केन्द्रीय बैंकले आज प्रकाशित वित्तीय विवरणले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा केन्द्रीय बैंकबाट इजाजतप्राप्त २० वाणिज्य बैंक, १७ विकास बैंक, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय संख्या ११ हजार ५७४ रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*