राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, बोलकबोल कहिले ?

१ आश्विन २०८०, सोमबार १२:०१

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्बको ट्रजरी बिल जारी गर्ने र १३ अर्ब ८३ करोड रुपैयाँको नवीकरण गर्ने भएको छ । केन्द्रीय बैंकले आज ३६४ दिने ट्रेजरी बिल जारी र ९१ दिने र १८२ दिने ट्रेजरी बिल नवीकरण गर्ने भएको होे ।

राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब ९३ करोड रुपैयाँ र १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ भने ३६४ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः पुस ३ गते, चैत १२ गते र २०८१ असोज १ गते परिपक्व हुनेछन् ।

यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*