पुरानो नगद लाभांश बुझिलिन छिमेक लघुवित्तको आग्रह

२ आश्विन २०८०, मंगलवार १०:५१

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले पुरानो नगद लाभांश भुक्तानी नलिएका शेयरधनीहरुलाई भुक्तानी लिन आउन आग्रह गरेको छ ।

संस्थाको वार्षिक साधारणसभाबाट पारित भएको आव २०६९।७०, २०७०।७१, २०७१।७२, २०७२।७३ र २०७३।७४ को नगद लाभांश कतिपय शेयरधनीहरुले हालसम्म पनि नलिएकोले उक्त लाभांश रकम लिन ३० दिनभित्र आवश्यक कागजात लिई संस्थाको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा सम्पर्क राख्न आग्रह गरेको छ ।

तोकिएको समयावधिभित्र पनि नगद लाभांश बुझिनलिएमा सो रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने समेत कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*