महिला लघुवित्तद्वारा डिसीईओ माग, कति चाहिन्छ अनुभव र शैक्षिक योग्यता ?
२ आश्विन २०८०, मंगलवार ११:४९

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृतमा एक जना कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै सो पदमा कर्मचारी माग गरेको हो ।
उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नाककोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले सो पदमा आवेदन दिन बैंक तथा वित्तीय संस्थामा न्युनतम १० वर्ष काम गरेको अनुभव भएको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित (असोज २ गते) को दिनले ३५ दिन भित्र संस्थाको आधिकारिक इमेल मार्फत आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।














