ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त
२ आश्विन २०८०, मंगलवार १७:४१

ग्लोबल आइएमई बैंकको सिनियर डेपुटी सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।
श्रवणलाल मास्केले राजीनामा गरेपछि बैंकको सिनियर डेपुटी सिइओ पद खाली थियो। उक्त पदमा उनी नियुक्त भएका हुन् ।
यसअघि उनी बैंकको डेपुटी सिइओ थिए।
रेग्मीसँग ३४ वर्ष लामो बैंकिङ अनुभव छ। उनले युनिभर्सिटी अफ वेल्स बेलायतबाट अर्थशास्त्रमा स्नातकोत्तर र एमबीएसम्मको अध्ययन पुरा गरेका छन्।
यसअघि रेग्मी बैंकको डेपुटी सिइओ थिए।














Congratulations Daju