सात वाणिज्य बैंकलाई ऋण दिन सकस, कतिले कायम गरे सिडी रेसियो? नबिल बैंक र हिमालयन बैंक बोर्डर लाइनमा

३ आश्विन २०८०, बुधबार १४:४८

काठमाडौं । ‘क’ वर्गका बैंकहरुले नेपाल राष्ट्र बैंकको नीति विपरीत कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्नुपर्छ ।

सात वाणिज्य बैंकहरुको सीडी रेसियो ८५ प्रतिशतमाथि छ। कर्जा प्रवाहमा सकस हुने बैंकमा नबिल बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, एनएमबी बैंक र प्रभु बैंक रहेका छन् ।सबैभन्दा बढी कर्जामा सकस नबिल बैंकको रहेको छ । बैंकलाई कर्जा प्रवाहमा सकस देखिने भएको छ ।
नबिल बैंकको ८८, हिमालयन बैंकको ८७.३३, एभरेष्ट बैंकको ८७.१०, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८६.६२, कुमारी बैंकको ८६.३६, एनएमबी बैंकको ८५.८१ र प्रभु बैंकको ८५.३३ प्रतिशत सिडी रेसियो रहेको छ ।

तर ९ वटा बैंकहरुको मात्रै सीडी रेसियो सीमाभित्र रहेको छ । बैंकहरुले मनपरी ढंगले कर्जा दिदा अहिले बजारमा लगानी योग्य रकमको अभाव देखिएको हो ।
९ वाणिज्य बैंकहरुले भने सीडी सीमाभित्रै अर्थात ९० प्रतिशत भन्दा तल नै राखेका छन् ।सात वाणिज्य बैंकहरुको सीडी रेसियो ९० नजिक रहेको छ ।

प्राइम बैंक, सिटिजन्स बैंक, माछापुच्छ«े बैंक, लक्ष्मी सनराईज बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकको सिडी रेसियो ८० देखि ८५ प्रतिशतसम्म छ। यस बाहेक एनआएसी एसिया बैंक, राष्ट्रिय वााणिज्य बैंक, सानिमा बैंक, नेपाल एसबिआइ बैंक, स्ट्याण्डर्ड चार्डर्ट बैंक र नेपाल बैंकको सिडी रेसियो ७१.८९ देखि ८० प्रतिशतसम्म छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*