स्थानीय तहको पैसालाई निक्षेपको रुपमा गणना गर्न दिएपछि अन्तरबैंक ब्याजदर निरन्तर घट्दै

३ आश्विन २०८०, बुधबार १६:३४

बैंकाठमाडौं ।  बैंक क तथा वित्तीय संस्थाले एक बैंकबाट अर्को बैंकसँग लिने सापटीको ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ।नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार बुधबारसम्ममा अन्तरबैंक ब्याजदर २।९९ प्रतिशतमा झरेको छ।

एक साता अघिसम्म यस्तो ब्याजदर साढे ६ प्रतिशतभन्दा माथि थियो। तर सरकारले स्थानीय तहको पैसालाई निक्षेपको रुपमा गणना गर्न दिएपछि अन्तरबैंक ब्याजदर निरन्तर घट्दो क्रममा छ। स्थानीय तहको पैसालाई निक्षेपको रुपमा गणना गर्न पाउँदा बैंकहरुमा ६० अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

केन्द्रिय बैंकले ब्याजदर करिडोर अन्तरगत ७।५ प्रतिशत माथिल्लो सीमा कायम गरेको छ भने ४।५ प्रतिशतको निक्षेप संकलन दरलाई तल्लो सीमा निर्धारण गरेको छ। अन्तरबैंक ब्याजदरलाई यही सीमा भित्र कायम राख्ने केन्द्रिय बैंकको लक्ष्य रहन्छ। बैंकहरुमा तरलता कम हुँदा यस्तो ब्याजदर माथिल्लो सीमामा पुग्ने गर्छ भने तरलता धेरै हुँदा तल्लो सीमामा झर्ने गर्छ।

अहिले अन्तरबैंक ब्याजदर राष्ट्र बैंकले राखेको सिमाभन्दा तल झरिसकेको छ।

हाल बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ भने बैंकहरुको औसत सिडी रेशियो ८२।५४ प्रतिशत रहेको छ। यस आधारमा बैंक तथा वित्तीय संस्थासँग ४ खर्ब २८ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ। तर कर्जा लगानी भने खासै बढ्न सकेको छैन्।

अधिक तरलताले अन्तरबैंक ब्याजदर घट्दो क्रममा भए पनि केहि बैंकले असोजमा निक्षेपको ब्याजदर बढाएका छन्। तर औसतमा भने निक्षेपको ब्याजदर सामान्य घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*