माछापुच्छ्रे बैंकको बुक क्लोजको मिति तय

माछापुच्छ्रे बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ ।
सभा, होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे सुरु हुनेछ । उक्त सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३।३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, आइतबार असोज ७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।
बैंकको लाभांश हात पार्नका लागि आइतबारभित्रमा सेयरधनी कायम भइसक्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ । साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभाले पारित गर्नेछ ।











