एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त
५ आश्विन २०८०, शुक्रबार १२:३८

काठमाडौं । एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा किरण पौडेल नियुक्त भएका हुन् ।
उक्त संस्थाको प्रमुख जोखिम अधिकृतको रुपमा कार्यरत विशाल उप्रेतीलेनै सो संस्थाको कम्पनी सचिवको पद सम्हालीरहेका थिए । उनले असोज ५ गते बिहान दिएको राजिनामा संचालक समितिले आजै स्वीकृत गरेको थियो ।
उप्रेतीको राजिनामा पश्चात् कम्पनी सचिवको पदमा सोही संस्थाका प्रमुख रणनीति अधिकृत पौडेललाई आजकै मितिबाट लागु हुने गरी नियुक्ति गरेको हो ।











