बैंक तथा वित्तीय संस्थाद्वारा करिब डेढ खर्बको तरलता उपयोग

७ आश्विन २०८०, आईतवार ११:५१

काठमाडौं । चालु आव २०८०।८१ को पहिलो महिनामा नै बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकबाट १ खर्ब ४५ अर्ब ९० करोडको तरलता उपयोग गरेका छन् ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड रुपियाँ र ओभरनाइट तरलता सुविधामार्फत १ खर्ब ४४ अर्ब ७० करोड रुपैयाँ गरी कुल १ खर्ब ४५ अर्ब ९० करोड तरलता उपयोग गरेका हुन् ।

अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधालगायतका विभिन्न उपकरणमार्फत खुद ८ खर्ब ६४ अर्ब ९ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैङ्ककले जनाएको छ । समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४६ करोड ३७ लाख खुद खरिद गरी ६१ अर्ब २२ करोड रुपियाँ तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३१ करोड ९२ लाख खुद खरिद गरी ४० अर्ब ५३ करोड रुपियाँ तरलता प्रवाह गरेको थियो । समीक्षा अवधिमा अमेरिकी डलर २४ करोड बिव्रmी गरी ३१ अर्ब ६७ करोड रुपियाँ बराबरको भारतीय रुपियाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४२ करोड बिव्रmी गरी ५३ अर्ब ४४ करोड रुपियाँ बराबरको भारतीय रुपियाँ खरिद भएको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८०।८१ को पहिलो महिनामा वाणिज्य बैङ्कहरूको ५ खर्ब ६१ अर्ब ६७ करोड रुपियाँ र अन्य वित्तीय संस्थाको ९३ अर्ब ७७ करोड रुपियाँ गरी कुल ६ खर्ब ५५ अर्ब ४४ करोड रुपियाँको अन्तरबैङ्क कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कहरूको ३ खर्ब १५ अर्ब ४९ करोड रुपियाँ र अन्य वित्तीय संस्थाको ४० अर्ब ९७ करोड रुपियाँ गरी कुल तीन खर्ब ५६ अर्ब ४६ करोड रुपियाँको अन्तरबैङ्क कारोबार भएको थियो ।

चालु आवको साउन मसान्तमा राष्ट्र बैङ्कमा रहेको सरकारका अन्य विभिन्न प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत गरी २ खर्ब ८ अर्ब ९३ करोड नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ७१ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*