आइएमई लाइफले व्यतित बीमा लेख नविकरणमा शत प्रतिशत छुट दिने

७ आश्विन २०८०, आईतवार १५:५६

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ ।

कम्पनीले २०७९ असोज ७ गतेदेखि पुस ३० गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराई नविकरण बीमाशुल्क भुक्तानी गरेमा सो मा लाग्ने बिलम्बन शुल्क पुर्ण रुपमा छुट प्रदान गरिने कम्पनीले जनाएको हो ।

उक्त अवधिसम्ममा नविकरण शुल्क भुक्तानी गरी आफ्नो आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*